Posts

Showing posts from October, 2023

फोटोग्राफर भन्दा चर्चित फोटो

Image
  फोटो पत्रकार मीनरत्न बज्राचार्यकाे सबैभन्दा धेरै मन पराइएको फोटो दुर्गा थापाको हाे । जुन फाटाे वि.सं २०४६ चैत्र २७ गते खिचिएकाे थियाे। उक्त दिन बिहान देखि  नै उनले फोटो खिचे पनि बेलुका तिर भने टुडिखेलमा नेताहरुको पोट्रेट फोटो खिचिरहेको थिए । लेन्सहरू पनि कम र क्यामेरा पनि पुरानो थियो । धेरै जना भेला भएको ठाँउमा फोटो खिच्ने र पछि जोड्ने हिसाबले प्यानोरोमामा फोटो खिचेका थिए जुन फोटो दुर्गा थापाको  थियो । थापा उफ्रिएर नारा लगाउन लागेको बेलामा उनले ३\४ वटा फोटो खिच्दा थापा बसिसकेकी थिइन् । धेरैले उक्त दृश्य खिच्न नै पाएनन् । हल्का रुपले नेपाल टेलिभिजनले खिच्ने मौका पाएको थियो । नेपाल टेलिभिजनले खिचेका तस्बिर कोहि बेला देखाए पनि अक्सर उनले खिचेको फोटो नै धेरै प्रचलित छ । पछि यो फोटो आइकानिक भयो ।  राजनीतिमा पटक्कै रुचि नभएका मिनरत्नले गणेशमानसँग ६ वर्ष काम गरे । उनी पार्टीगत भन्दा पनि व्यक्तिसँग प्रभावित भएका थिए । त्यस्तै आफुले काम गर्दा खिचेको फोटोहरू समावेश गरेर Decade of Iron Man भन्ने पुस्तक निकाल्न उनलाई मन थियो । नेपाल टेलिभिजनमा ९\१० महिना जति काम गर्दागर्दै २०४६ को आन्दोलन सुरु भ