फोटोग्राफर भन्दा चर्चित फोटो



 
फोटो पत्रकार मीनरत्न बज्राचार्यकाे सबैभन्दा धेरै मन पराइएको फोटो दुर्गा थापाको हाे । जुन फाटाे वि.सं २०४६ चैत्र २७ गते खिचिएकाे थियाे। उक्त दिन बिहान देखि  नै उनले फोटो खिचे पनि बेलुका तिर भने टुडिखेलमा नेताहरुको पोट्रेट फोटो खिचिरहेको थिए । लेन्सहरू पनि कम र क्यामेरा पनि पुरानो थियो । धेरै जना भेला भएको ठाँउमा फोटो खिच्ने र पछि जोड्ने हिसाबले प्यानोरोमामा फोटो खिचेका थिए जुन फोटो दुर्गा थापाको  थियो । थापा उफ्रिएर नारा लगाउन लागेको बेलामा उनले ३\४ वटा फोटो खिच्दा थापा बसिसकेकी थिइन् । धेरैले उक्त दृश्य खिच्न नै पाएनन् । हल्का रुपले नेपाल टेलिभिजनले खिच्ने मौका पाएको थियो । नेपाल टेलिभिजनले खिचेका तस्बिर कोहि बेला देखाए पनि अक्सर उनले खिचेको फोटो नै धेरै प्रचलित छ । पछि यो फोटो आइकानिक भयो । 




राजनीतिमा पटक्कै रुचि नभएका मिनरत्नले गणेशमानसँग ६ वर्ष काम गरे । उनी पार्टीगत भन्दा पनि व्यक्तिसँग प्रभावित भएका थिए । त्यस्तै आफुले काम गर्दा खिचेको फोटोहरू समावेश गरेर Decade of Iron Man भन्ने पुस्तक निकाल्न उनलाई मन थियो ।




नेपाल टेलिभिजनमा ९\१० महिना जति काम गर्दागर्दै २०४६ को आन्दोलन सुरु भयो । त्यसबेला उनले नेपाल टेलिभिजन छोडेर आन्दोलनको फोटो खिच्न थाले । त्यो बेला आन्दोलनमा नगएको भए नेपाल टेलिभिजनमा नै हुन्थे हाेला भन्ने उनी सम्झिन्छन् । वि.सं २०४५ साल माघ ५ गते गणेशमान सिहंको घरबाट जनआन्दोलको सुरुवात भयो त्यहाँ स्वयम्सेवकको रुपमा काम गर्दा खिचिएको फोटो इन्डिया टुडेमा छापियो त्यति बेलाको समयमा पनि उक्त्त फोटोको मूल्य १०० डलर थियो । अन्य मिडियामा पनि उनले खिचेको फोटोहरूको फाटफुट १०० आइ.सी पाउने गरेका थिए । 
 
बि.सं २०२२ वैशाख २ गते काठमाडौँको असनमा जन्मिएका उनलाई विद्यालय पढ्दा नै फोटोग्राफीमा रुचि थियो । सानै उमेरदेखि स्वयम्भूमा काकाको क्युरियो पसलमा सहायकको रूपमा काम गर्दा उनलाई फोटोग्राफीमा रुचि जाग्यो । त्यतिबेला क्यामेराहरू महँगा थिए र बज्राचार्यसँग किन्ने पैसा थिएन, क्यामेरा भएकाहरूबाट सहयोग लिनु बाहेक उनीसँग अन्य विकल्प थिएन । घुम्न आएका पर्यटकहरूबाट उनले फोटोग्राफी सिके । त्यसपछि उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रपत्रिकामा कहीँ स्वतन्त्र र कहीँ जागिरेको रुपमा काम गर्न थाले । 

 वि.सं २०४२ सालमा उनले खिचेको अस्ट्रेलियाको सिड्नी हारबर हाउसको फोटो मानिसहरुले मन पराउन थाले । १७ जुलाई १९८७ मा  “पत्रकार पदम ठकुरथीको हत्या प्रयासका अभियुक्तहरूलाई चरखाल अदालतमा ल्याइने भएको थियो उनले त्यो समयमा फोटो खिचे उक्त फोटो द कमनरमा  थाले त्यसपछि उक्त्त फोटो विमर्शमा समेत छापियो । उक्त्त बेला उनी ब्याचलर दोस्रो बर्षमा पढ्दै थिए । साथै नेपाल फर्किएपछि रुपरङ्ग भन्ने फिल्मी पत्रिका निकाल्न थाले त्यसपछि उनमा फोटो पत्रकारिताको लत झन् बस्दै गयो । 

आन्दोलन मात्र नभएर नेपालको सांस्कृतिक र पर्यटनमा समेत काम गराँौ भन्ने ठानेर मुस्ताङमा एक डेढ वर्ष बसे त्यहाँ पनि उनले मनिसहरूको दैनिकी र त्यहाँका रमण्ीाय ठाँउहरूको फोटो खिचे । टोनी हेगनसँग पनि काम गर्ने मौका पाए पछि सन् १९६२ मा किताब प्रकाशन भयो । लाइफ स्टाइलको फोटो पनि खिच्ने रहर लागेर खिचेका उनको फोटोहरू नेपाल ट्राभलरमा छापिन्थ्यो । उनी २ पटक फोटो पत्रकार समूहको अध्यक्ष समेत भइसकेका छन् । ०७२ सालको भुकम्प लगत्तै जापान गएर आफ्नो फोटो प्रदर्शन गर्न पाएका उनले त्यहाँबाट पाएको पैसाले भूकम्प राहत कोषमा जम्मा गर्ने मौका पाएका थिए । उनले धेरै मानिसहरूसँग सहकार्य गरी काम गर्दा विभिन्न ठाँउमा घुम्ने अवसर समेत पाएका थिए ।

फोटो पत्रकारिता गर्दा डर भने पटक्कै मान्न नहुने सुझाब उनले दिन्छन् । फोटोले कुनै कथा नै भनिदिने र पत्रकारहरूले कुनै फिचर पाउने खालका फाटोहरु खिच्नु पर्छ भन्ने राय उनको छ । 

अहिले प्रविधिको विकास भयो हाम्रो बेलामा त एउटा फोटो खिच्नकै लागि  दौडधुप गर्न पर्ने बाध्यता रहेको थियो । फोटोको महत्व बुझ्दै जाँदा हामीले व्यक्तिको व्यक्तित्वको अध्ययन गरिसकेको हुनुपर्छ । उसको पोट्रट खिच्ने की के खिच्ने भनेर पहिला विचार गर्नु पर्छ । कुनै घटना क्रममा तपाईँ यसो गर्नुस् म खिच्छु भनेर  हुँदैन । पत्रकार  भएपछि गतिविधि हेर्नुपर्ने अनि खिचिहाल्नु पर्ने उनको भोगाइ छ । पहिला सामानहरू पाउन मुश्किल र क्यामेरा बोकेर हिँडदा पनि ‘के त्यो कुहिरे जस्तो क्यामरा बोकेर हिँडिरहेको’ भन्ने र स्टुडियोमा काम गर्नेलाई मात्र फोटोग्राफर मान्ने चलन रहेको थियो।

अहिले त जो पनि फोटोग्राफर, जहाँ गएपनि फोटो खिचिहाल्यो अनि सामाजिक सञ्जालमा हालेपछि भाइरल भइहाल्छ । फोटोग्राफीका लागि बेस चाहिन्छ र त्यो भनेको प्रकाश र छाँया (लाईट एण्ड सेड) हो । हामी पत्रकारहरू भन्ने बेलामा देशको चौथो अङ्ग भन्छौ र अधिकारको कुरा गछौँ तर आफ्नो फाइदाको लागि अरुको अधिकारको हनन गर्न भने नहुने उनको बुझाई छ । साँचो के हो पत्ता लगाएर मात्र फोटो खिच्ने गर्नु पर्दछ । जति नेचुरल रुपमा फोटो खिचिन्छ त्यो नै राम्रो हुन्छ । पेशाप्रति बफादार हुनु पर्छ । झन् फोटो पत्रकारितामा त कालो छ भने त्यसलाई कालो नै देखाउन पर्छ गोरो छ भने गोरो नै देखाउन पर्छ । जहाँ गए पनि र जस्तो सुकै परिस्थितिमा भिज्न सक्नु पर्छ । लगनशील भएर अगाडि बढ्यो भने सफल भइन्छ । आफू खट्न सके आफँ मालिक भइन्छ भन्ने उनको सुझाव छ ।

उनको पालामा केही नभएको र यस्तो हेर्दा आफू चाँडो जन्मिएर केही गर्न नसकेको होकी जस्तो लाग्ने गरेको उनी बताउँछन् । फोटोग्राफीको महत्व बढे पनि खट्न नसक्ने र प्रविधिको बारेमा अपडेट हुन नसक्नेलाई भने यो पेशा गर्न गाह्रो रहेको उनको बुझाई छ । नयाँ पुस्ताहरू टेक्नोलोजीमा जति ज्ञान जानेर अगाडी बढ्दा हुन्छ त्यति राम्रो ।

फोटोग्राफीका कारण विकृति पनि आएको छ । हरेक घटनाहरू बढाइचडाइ देखाउने  विस्फोटहरूमा लास देखाइदिने र कतिपय फोटोहरूको क्रेडिट नदिने गरेका छन् भन्ने गुनासो उनको छ । नाम झुक्किने गरेर एउटाले खिचेको फोटो अर्काको नामबाट हाल्ने र विभिन्न सङ्घ संस्थाहरूले क्यालेन्डरमा नाम नदिई छापिदिने प्रचलन नेपालमा रहेको उनी बताउँछन । अहिले फोटोग्राफर भएर जीवन बाँच्न गाह्रो छैन भन्ने उनको लामो सङ्घर्षले बताउँदछ ।

  

Comments

Popular posts from this blog

Misinformation on social media

सङ्ख्यात्मक रूपमा सञ्चार माध्यमहरूको वृद्धि भए पनि गुणस्तर भने खस्कँदो