ठगीमा संलग्न रहेका सांसदको पद जोगाउन सभामुख नै सक्रिय



संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको चालू अधिवेशन चैत्र १९ गते राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालू अधिवेशन अन्त्य गरेका हुन् । 

गएको माघ २२ गतेदेखि सुरु प्रतिनिधिसभाको तेस्रो अधिवेशन ७० दिन चालु रहेर अन्त्य भएको हो।  अन्तिम दिनको अधिवेशनमा १० भन्दा बढि बैठकमा अनुपस्थित सांसदको बिदा स्वीकृत गरेर र सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको थियो ।

सहकारी ठगीमा संलग्न देखिएपछि फरार कांग्रेस सांसद माया राई र राप्रपा सांसद गीता बस्नेत १० दिन होइन, सदनको सिंगो अधिवेशनमै अनुपस्थित छन् । तर, उनीहरूको उनिहरुको बिदा स्वीकृत गरेर पद जोगाउन सभामुख देवराज घिमिरे नै सक्रिय  रहेका  छन् । सूचना बिना नै प्रतिनिधिसभाका हिउँदे अघिवेशनभर २७ बैठकमा अनुपस्थित फरार सांसद बस्नेतलाई ‘बिरामी’ भन्दै बिदा नै स्वीकृत गरिएको छ । त्यस्तै, राईको अधिवेशन अन्त्यको अघिल्लो दिन निवेदन परेको कांग्रेसको दाबी छ, तर संसद् सचिवालयलाई जानकारी छैन । 

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको दुईपटकसम्म सञ्चालक रहेर दुई अर्ब ६५ करोड बचत रकम हिनामिना गरेको आरोप लागेकी राई पाँच महिनादेखि फरार छिन् । तर, उनलाई पक्राउ गर्न प्रहरीलाई गृह मन्त्रालयको ‘आदेश’ नै छैन । फरार राईले संसद् सचिवालयमा अग्रिम सूचना दिएको छैन् ।

प्रतिनिधिसभा नियमावलीको नियम १८३ अनुसार लगातार पाँचवटा बैठकमा सभापतिको अनुमतिविना अनुपस्थित रहने सदस्यलाई सभापतिको सिफारिसमा सभामुखले समितिबाट हटाउन सक्ने व्यवस्था छ । तर सभामुखले यसको लागि कुनै कदम चालेको छैन । यसरी हेर्दा के देखिन्छ भने नेपालमा राज्यको माथिल्लो निकायमा पुगेकाहरु नै भ्रष्टचारि र गलत काम गर्नेलाई बचाउन लागि परेको देखिन्छ । यस्ता सासदहरु जसले भ्रष्टाचार गरेका छन उनिहरुलाई बचाउदै जाने हो भने कसरी देशको विकास हुन्छ? 


प्रतिनिधिसभाले सहकारी ठगीमै फरार राप्रपा सांसद गीता बस्नेतको बिरामी बिदा स्वीकृत गरेको छ । २७ दिन बसेको प्रतिनिधिसभा बैठकमा एक दिन पनि उपस्थित नभएकी बस्नेतलाई ‘बिरामी बनाएर’ स्वास्थ्य उपचारमा रहेको कारण देखाई दिएको अनुपस्थितिको सूचनालाई प्रतिनिधिसभाले सर्वसम्मत स्वीकृत गरेको हो ।  उनको भने निवेदन परेको थियो । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ६९ लाख बचत रकम अपचलन आरोपमा बस्नेतविरुद्ध गत वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो । १८ वैशाखमा प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनी फरार छिन् । २० जेठमा उनीविरुद्ध जिल्ला अदालत नवलपरासीमा मुद्दा दर्ता भएको थियो । 


सभामुख घिमिरेले सभामा प्रस्तुत गरेको अनुपस्थितिको सूचनाअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको काममा व्यस्त रहेकाले ११ दिन अनुपस्थित भएका छन् । मनोरमा शेरचन थेरापीमा रहेकाले २७ दिन नै अनुपस्थित रहेकी छिन् । लीलादेवी बोखिम लिम्बू पारिवारिक कामले १४ दिन उपस्थित भइनन् । वैदेशिक भ्रमणमा गएका सरस्वती बजिमयो ११ र रमेश रिजाल १२ दिन अनुपस्थित छन् । मंगलबार निधन भएका दीपक बोहरा उपचारमा रहँदा २१ दिन अनुपस्थित थिए । 


संसद भवनमा मरो अनुभव 

चैत्र १९ गते हामी पत्रकारिता विभागका विद्यार्थी र शिक्षक भएर संसद भवन गएका थियौ । बिहान ११ बजेबाट सुरु हुने भनिएको अधिवेशन १२ बजे भन्दा पछि सुरु भएको थियो । संसद भवनमा प्रवेश गरे  देखि ससद अन्त्य हुने बेलासम्मको सम्पूर्ण प्रक्रिया हेर्ने अवसर मिल्यो । धेरै लामाृ समयसम्म ससद सञ्चालन हेर्ने योजना बनाएर गएको भए पनि संसद भने १० मिनेटमा नै सकियो । हामीले ससद बाहिर सभामुख देवराज घिमिरे, अर्जुन नरसिंह केसी, सोबिता गौतम लगायतका सासदहरु सँग भेट्ने कुरा गर्ने  र फोटो खिच्ने मौका पाएका थियौ । त्यस्तै संसदीय पत्रकारिता भन्ने पुस्तक पनि प्राप्त गरेका थियौ ।  

Comments

Popular posts from this blog

५ वर्षमा १ लाख ७० हजार भन्दा धेरैले गरे सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता

Misinformation on social media