सबैभन्दा कम अस्पताल कर्णाली र सुदूरपश्चिम प्रदेशमा
संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । नागरिकलाई स्वस्थ बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित छ । तर नेपालको शहरी क्षेत्रमा बाहेक अन्य ठाँउमा स्वास्थ्य सेवाको पहुँच सहजै रुपमा पुग्न भने सकेको छैन । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाको विपन्न नागरिक औषधि उपचार अन्तर्गत सूचिकृत अस्पतालहरुको विवरण अनुसार हाल नेपालमा जम्मा ११५ वटा अस्पतालहरु रहेका छन् जसमा सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ वटा कोशी,गण्डकी, लुम्बिनी प्रदेशमा क्रमश १५÷ १५ वटा अस्पताल रहेका छन् । त्यस्तै मधेस प्रदेशमा ८ वटा सुदूरपश्चिम प्रदेशमा ३ वटा र कर्णाली प्रदेशमा २ वटा अस्पताल रहेका छन् । सो विवरण हेर्दा सबैभन्दा बढी अस्पतालहरु ब