दक्ष भन्दा अदक्ष सिप भएका नेपालीहरुको विदेश जानेको लर्को

पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभाग काठमाडौंले सार्वजनिक गरेका २०८० कार्तिक १ देखि ३० सम्मको तथ्याङ्क अनुसार उच्च दक्ष हासिल गरेका ४५ जना पुरुष र ६ जना महिलाले श्रम स्वीकृति लिएका छन । व्यावसायिक दक्षता हासिल गरेका ७५ जना पुरुष र ११ जना महिलाले श्रम स्वीकृति लिएका छन । अर्ध दक्ष हासिल गरेका ३ हजार ७ सय २६ जना पुरुष र ४ सय ५८ जना महिला त्यस्तै दक्ष जनशक्तिमा २७ हजार ३ सय ३६ जना पुरुष र ३ हजार ४ सय ९६ जना महिलाले श्रम स्वीकृति लिएका छन । त्यसै गरि अदक्ष सिप भएका ७ हजार १ सय ४० जना पुरुष र १ हजार ३ सय २९ जना महिलाले श्रम स्वीकृति लिएका छन ।




तथ्याङ्क अनुसार एक महिनामा जम्मा ४३ हजार ६ सय २२ जनाले श्रम स्वीकृति लिएका छन । जसमा ३८ हजार ३ सय २२ जना पुरुष र ५ हजार ३ सय जना महिला रहेका छन । माथिको तथ्याङ्कबाट के प्रस्ट हुन्छ भने सिप सिकेर भन्दा सिप नसिकी जानेहरुको सख्या ठूलो छ । त्यसमाथि अदक्ष सिप भएका महिलाहरुको सङ्ख्या धेरै रहेको छ । यसरि सिप नै नसिकी विदेश जानेहरुको सङ्ख्या धेरै भएका कारण उनिहरुले विदेशमा काम पाउन समेत गाह्रो पर्ने गर्दछ ।

Comments

Popular posts from this blog

Misinformation on social media

सङ्ख्यात्मक रूपमा सञ्चार माध्यमहरूको वृद्धि भए पनि गुणस्तर भने खस्कँदो