नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयले पुष २ गते सोमबार ४९ औँ दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न गर्यो । दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी उपस्थित भएका कारण ‘अफिसियल वर्ल्ड रेकर्ड्स’ संस्थाले प्रमाणपत्र समेत प्रदान गरेको थियो । त्रिविमा हाल चार लाख २० हजार विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्क एकातिर सार्वजनिक भएको छ भने अर्कोतिर खस्कँदो शैक्षिक गुणस्तर, राजनीतीकरण र विभिन्न विभाग विद्यार्थीविहीन बन्दै गएको तथ्य पनि निराश ढङ्गले सार्वजनिक भइरहेकै छ । नेपालमा आफ्नो भविष्य सुनिश्चित नभएको भन्दै कैयौँ विद्यार्थी रोजगारीको खोजीमा बिदेसिन बाध्य छन् । यता क्याम्पसको कक्षाकोठा खाली हुँदै छन् । स्वदेशमा बेरोजगारी समस्याको कारणले विदेश पलायन हुन बाध्यता छन् । स्वदेशमा योग्यता, क्षमता र सिप अनुसारको जागिर पाउन गाह्रो छ । जागिर पाइहाले पनि तलब न्यून छ । दैनिक श्रम गरे बाफतको ज्यालाले श्रमिकहरुलाई बाँच्न सकस छ । विदेशमा जति दुःख गरेपनि तुलनात्मक रुपमा तलब राम्रो छ । नेपालमा जागिर गरेर घर गाडी जोड्न सम्भावना छैन । छोराछोरीलाई राम्रो स्कुलमा राम्रोसँग पढाउन सक्न
Posts
Showing posts from January, 2024