नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयले पुष २ गते सोमबार ४९ औँ दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न गर्यो । दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना  विद्यार्थी  उपस्थित भएका कारण ‘अफिसियल वर्ल्ड रेकर्ड्स’ संस्थाले प्रमाणपत्र समेत प्रदान गरेको थियो । त्रिविमा हाल चार लाख २० हजार विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्क एकातिर सार्वजनिक भएको छ भने अर्कोतिर खस्कँदो शैक्षिक गुणस्तर, राजनीतीकरण र विभिन्न विभाग विद्यार्थीविहीन बन्दै गएको तथ्य पनि निराश ढङ्गले सार्वजनिक भइरहेकै छ । 





नेपालमा आफ्नो भविष्य सुनिश्चित नभएको भन्दै कैयौँ विद्यार्थी रोजगारीको खोजीमा बिदेसिन बाध्य छन् । यता क्याम्पसको कक्षाकोठा खाली हुँदै छन् ।  स्वदेशमा बेरोजगारी समस्याको कारणले विदेश पलायन हुन बाध्यता छन् । स्वदेशमा योग्यता, क्षमता र सिप अनुसारको जागिर पाउन गाह्रो छ । जागिर पाइहाले पनि तलब न्यून छ । दैनिक श्रम गरे बाफतको ज्यालाले श्रमिकहरुलाई बाँच्न सकस छ । विदेशमा जति दुःख गरेपनि तुलनात्मक रुपमा तलब राम्रो छ । नेपालमा जागिर गरेर घर गाडी जोड्न सम्भावना छैन ।


छोराछोरीलाई राम्रो स्कुलमा राम्रोसँग पढाउन सक्ने अवस्था छैन । स्वास्थ्य उपचार गर्न सक्ने अवस्था छैन । जागिरको पैसाले घर खर्च सञ्चालन गर्न सक्ने अवस्था छैन् । बजारमा महँगीले आकाश छोएको छ । देशमा गरेको जागिरबाट प्राप्त आम्दानीले खर्च धान्न पुग्दैन । परिवार पाल्न नै मुश्किल छ । दक्ष जनशक्ति बाहिरिनु भनेको उनीहरूसँगै ज्ञान र सीप पनि पलायन हुनु हो, जसका लागि राज्यले वर्षौं लगानी गरेको हुन्छ ।प्रायःले चलअचल सम्पत्तिसमेत बेचेर लगिरहेका हुन्छन् । यता जनशक्ति अभावलगायतका अनेक असर सिर्जना हुन्छन् । समग्र मुलुकको अर्थतन्त्रमै क्षति पु¥याइरहेको यस्तो पलायन प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले भने गम्भीर चासो दिन सकेको छैन ।


Comments

Popular posts from this blog

Misinformation on social media

सङ्ख्यात्मक रूपमा सञ्चार माध्यमहरूको वृद्धि भए पनि गुणस्तर भने खस्कँदो