‘पेज थ्री’ चलचित्रमाथि एक समीक्षा
सन् २००५ जनवरी २१ देखि भारतमा प्रदर्शन भएको चलचित्र हो ‘पेज थ्री’। मथुर भण्डारकरले निर्दशन गरेका र बबी पुष्कर्ण र कविता पुष्कर्णले निर्माण गरेको चलचित्र मुम्बई शहरको संस्कृति र मिडियाको बारेमा देखाइएको छ । चलचित्रमा कोनकोना सेन शर्मा, अतुल कुलकर्णी, सन्ध्या मृदुल, तारा शर्मा, अन्जु महेन्द्र र बोमन इरानीले अभिनय गरेका छन् भने कोनकोना प्रमुख भूमिकामा रहेकी छिन् । यस चलचित्रले उत्कृष्ट फिल्मको लागि गोल्डेन लोटस अवार्ड सहित तिन वटा राष्ट्रिय चलचित्र पुरस्कार समेत हात पारिसकेको छ । पेज थ्री पत्रकारको माध्यमद्वारा मनोरञ्जन क्षेत्रसँगै अपराधको दुनियाँको बारेमा बनाइएको सफल चलचित्र हो । पेज थ्री पत्रिकाको यस्तो पृष्ठ हो जसका लागि कलाकारहरूले पैसा खर्च गरेर त्यहाँ आफ्नो अनुहार र नाम छपाउँछन् । हरेक बिहान पेज थ्रीमा कसका बारे के लेखियो भनेर विशेष चासो दिइन्छ । चलचित्रमा विचलित परिवार, डिप्रेसनले निम्त्याएको आत्महत्या, धोका, श्रीमतीको अदलाबदली, लागुऔषध बेचबिखन, बाल वेश्यावृत्ति जस्ता धेरै महवत्पूर्ण मुद्दाहरूको उजागर गरिएको छ । समलैङ्गीकता र उभयलैङ्गीकता जस्ता कुराहरू खुला रूपमा बाहिर ल्याउने काम