ठगीमा संलग्न रहेका सांसदको पद जोगाउन सभामुख नै सक्रिय

संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको चालू अधिवेशन चैत्र १९ गते राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालू अधिवेशन अन्त्य गरेका हुन् । गएको माघ २२ गतेदेखि सुरु प्रतिनिधिसभाको तेस्रो अधिवेशन ७० दिन चालु रहेर अन्त्य भएको हो। अन्तिम दिनको अधिवेशनमा १० भन्दा बढि बैठकमा अनुपस्थित सांसदको बिदा स्वीकृत गरेर र सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको थियो । सहकारी ठगीमा संलग्न देखिएपछि फरार कांग्रेस सांसद माया राई र राप्रपा सांसद गीता बस्नेत १० दिन होइन, सदनको सिंगो अधिवेशनमै अनुपस्थित छन् । तर, उनीहरूको उनिहरुको बिदा स्वीकृत गरेर पद जोगाउन सभामुख देवराज घिमिरे नै सक्रिय रहेका छन् । सूचना बिना नै प्रतिनिधिसभाका हिउँदे अघिवेशनभर २७ बैठकमा अनुपस्थित फरार सांसद बस्नेतलाई ‘बिरामी’ भन्दै बिदा नै स्वीकृत गरिएको छ । त्यस्तै, राईको अधिवेशन अन्त्यको अघिल्लो दिन निवेदन परेको कांग्रेसको ...