Posts

सबैभन्दा कम अस्पताल कर्णाली र सुदूरपश्चिम प्रदेशमा

Image
संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । नागरिकलाई स्वस्थ बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित छ । तर नेपालको शहरी क्षेत्रमा बाहेक अन्य ठाँउमा स्वास्थ्य सेवाको पहुँच सहजै रुपमा पुग्न भने सकेको छैन । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाको विपन्न नागरिक औषधि उपचार अन्तर्गत सूचिकृत अस्पतालहरुको विवरण अनुसार हाल नेपालमा जम्मा ११५ वटा अस्पतालहरु रहेका छन् जसमा सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ वटा कोशी,गण्डकी, लुम्बिनी प्रदेशमा क्रमश १५÷ १५ वटा अस्पताल रहेका छन् । त्यस्तै मधेस प्रदेशमा ८ वटा सुदूरपश्चिम प्रदेशमा ३ वटा र कर्णाली प्रदेशमा २ वटा अस्पताल रहेका छन् । सो विवरण हेर्दा सबैभन्दा बढी अस्पतालहरु ब...

दक्ष भन्दा अदक्ष सिप भएका नेपालीहरुको विदेश जानेको लर्को

Image
पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभाग काठमाडौंले सार्वजनिक गरेका २०८० कार्तिक १ देखि ३० सम्मको तथ्याङ्क अनुसार उच्च दक्ष हासिल गरेका ४५ जना पुरुष र ६ जना महिलाले श्रम स्वीकृति लिएका छन । व्यावसायिक दक्षता हासिल गरेका ७५ जना पुरुष र ११ जना महिलाले श्रम स्वीकृति लिएका छन । अर्ध दक्ष हासिल गरेका ३ हजार ७ सय २६ जना पुरुष र ४ सय ५८ जना महिला त्यस्तै दक्ष जनशक्तिमा २७ हजार ३ सय ३६ जना पुरुष र ३ हजार ४ सय ९६ जना महिलाले श्रम स्वीकृति लिएका छन । त्यसै गरि अदक्ष सिप भएका ७ हजार १ सय ४० जना पुरुष र १ हजार ३ सय २९ जना महिलाले श्रम स्वीकृति लिएका छन । तथ्याङ्क अनुसार एक महिनामा जम्मा ४३ हजार ६ सय २२ जनाले श्रम स्वीकृति लिएका छन । जसमा ३८ हजार ३ सय २२ जना पुरुष र ५ हजार ३ सय जना महिला रहेका छन । माथिको तथ्याङ्कबाट के प्रस्ट हुन्छ भने सिप सिकेर भन्दा सिप नसिकी जानेहरुको सख्या ठूलो छ । त्यसमाथि अदक्ष सिप भएका महिलाहरुको सङ्ख्या धेरै रहेको छ । यसरि सिप नै नसिकी विदेश जानेहरुको सङ्ख्या धेरै भएका कारण उनिहरुले विदेशमा काम पाउ...

फोटोग्राफर भन्दा चर्चित फोटो

Image
  फोटो पत्रकार मीनरत्न बज्राचार्यकाे सबैभन्दा धेरै मन पराइएको फोटो दुर्गा थापाको हाे । जुन फाटाे वि.सं २०४६ चैत्र २७ गते खिचिएकाे थियाे। उक्त दिन बिहान देखि  नै उनले फोटो खिचे पनि बेलुका तिर भने टुडिखेलमा नेताहरुको पोट्रेट फोटो खिचिरहेको थिए । लेन्सहरू पनि कम र क्यामेरा पनि पुरानो थियो । धेरै जना भेला भएको ठाँउमा फोटो खिच्ने र पछि जोड्ने हिसाबले प्यानोरोमामा फोटो खिचेका थिए जुन फोटो दुर्गा थापाको  थियो । थापा उफ्रिएर नारा लगाउन लागेको बेलामा उनले ३\४ वटा फोटो खिच्दा थापा बसिसकेकी थिइन् । धेरैले उक्त दृश्य खिच्न नै पाएनन् । हल्का रुपले नेपाल टेलिभिजनले खिच्ने मौका पाएको थियो । नेपाल टेलिभिजनले खिचेका तस्बिर कोहि बेला देखाए पनि अक्सर उनले खिचेको फोटो नै धेरै प्रचलित छ । पछि यो फोटो आइकानिक भयो ।  राजनीतिमा पटक्कै रुचि नभएका मिनरत्नले गणेशमानसँग ६ वर्ष काम गरे । उनी पार्टीगत भन्दा पनि व्यक्तिसँग प्रभावित भएका थिए । त्यस्तै आफुले काम गर्दा खिचेको फोटोहरू समावेश गरेर Decade of Iron Man भन्ने पुस्तक निकाल्न उनलाई मन थियो । नेपाल टेलिभिजनमा ९\१० महिना जति काम गर्दागर्दै २०४...

‘पेज थ्री’ चलचित्रमाथि एक समीक्षा

Image
सन् २००५ जनवरी २१ देखि भारतमा प्रदर्शन भएको चलचित्र हो ‘पेज थ्री’। मथुर भण्डारकरले निर्दशन गरेका र बबी पुष्कर्ण र कविता पुष्कर्णले निर्माण गरेको चलचित्र  मुम्बई शहरको संस्कृति र मिडियाको बारेमा देखाइएको छ । चलचित्रमा कोनकोना सेन शर्मा, अतुल कुलकर्णी, सन्ध्या मृदुल, तारा शर्मा, अन्जु महेन्द्र र बोमन इरानीले अभिनय गरेका छन् भने कोनकोना प्रमुख भूमिकामा रहेकी छिन् । यस चलचित्रले उत्कृष्ट फिल्मको लागि गोल्डेन लोटस अवार्ड सहित तिन वटा राष्ट्रिय चलचित्र पुरस्कार समेत हात पारिसकेको छ । पेज थ्री पत्रकारको माध्यमद्वारा मनोरञ्जन क्षेत्रसँगै अपराधको दुनियाँको बारेमा बनाइएको सफल चलचित्र हो । पेज थ्री पत्रिकाको यस्तो पृष्ठ हो जसका लागि कलाकारहरूले पैसा खर्च गरेर त्यहाँ आफ्नो अनुहार र नाम छपाउँछन् । हरेक बिहान पेज थ्रीमा कसका बारे के लेखियो भनेर विशेष चासो दिइन्छ । चलचित्रमा विचलित परिवार, डिप्रेसनले निम्त्याएको आत्महत्या, धोका, श्रीमतीको अदलाबदली, लागुऔषध बेचबिखन, बाल वेश्यावृत्ति जस्ता धेरै महवत्पूर्ण मुद्दाहरूको उजागर गरिएको छ । समलैङ्गीकता र उभयलैङ्गीकता जस्ता कुराहरू खुला रूपमा बाहिर ल्याउने...

शून्यको मूल्यलाई नजिकबाट नियाल्दा

Image
 शून्यको मूल्य सास, साहस र स्नेहको कथा डा.नवराज केसीद्वारा लेखिएको सिर्जनात्मक गैरआख्यान हो । सुर्खेतमा जन्मिएका डा.केसी पेशाले बालरोग विशेषज्ञ हुन् । कर्णालीका दुर्गम ठाउँमा पुगेर काम गर्दा त्यहाँका आमाका सास,साहस र स्नेहको कथा देखेका केसीको यो पहिलो कृति हो । कर्णालीको सेरोफेरोमा बुनिएको यस कृतिमा कर्णालीको सिँगो समाज चित्रित छ । पुस्तकमा ‘बुधेकी फुपूआमा’, ‘बुवालाई चिठी’, ‘भेडिनी कान्छी’, ‘मृत्युपछिको जीवन’, र ‘पुतली आमा’ गरी जम्मा पाँच वटा आमाहरूको कथा प्रस्तुत गरिएको छ । त्यस्तै यी पाँचवटा कथाहरूका बिचमा नानी आमा, हिम्मतबहादुर, भीमकाजी, जुम्ल्याहाका बाआमा लगायत सम्पूर्ण आमा र आमा नभइकन पनि आमा बनेका आमाहरूको कथा समेटिएको छ । लेखकले पुस्तकको सुरुवातमै ‘शून्यको मूल्य’ बारे रुचि जगाउन गहकिलो तर्क पेस गरेका छन् । जसमा संयुक्त राष्ट्रसंघका दिगो विकाससम्बन्धी १७ वटा लक्ष्य प्रस्तुत गरिएको छ । २ सय ४३ पानाको पुस्तक बुधेकी ‘फुपूआमा’ देखि सुरु भएर ‘पुतली आमा’मा पुगेर सकिन्छ । एउटा कथा अर्काे कथाहरूसँग मिसिएको छ । भेडेनी कान्छीले छोरा बचाउनलाई गरेको सङ्घर्ष, पेटभित्रको बच्चाले बाउलाई लेख...