Posts

बिट रिपोर्ट

  डढेलो गत वर्षभन्दा पनि धेरै, किन बढिरहेको छ , रमेश कुमार (हिमाल खबर ) वातावरण   हरेक वर्ष नेपालमा डढेलोबाट जनधनको क्षेति हुने गरेको तर सरकारको तर्फबाट कुनै पनि पहल हुदैन । हिउँद भनेको आगो लाग्ने समय हो भन्ने हुँदा पनि तिनै तहकार सरकारबाट कुनै पहल हुदैन।  क्रिप्टोकरेन्सी कारोबार बढ्दै  शिल्पा कर्ण (नयाँ पत्रिका ) आर्थिक प्रतिबन्धित क्रिप्टोकरेन्सीको प्रयोग बढे पनि विशेषज्ञ जनशक्ति र स्रोतसाधनको अभावका कारण अनुसन्धान र अभियोजनमा समस्या छ ।    नेपालको साइबर सुरक्षा संयन्त्र निकै कमजोर छ । हामीसँग डिजिटल फरेन्सिक ल्याबको संख्या कम छ ।  यी हुन यूएसएआईडीका नेपालमा खारेज गरिन लागेका कार्यक्रम  (हिमाल खबर) रमेश कुमार) रिपोर्ट  अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को नेपालमा करीब ४६ अर्ब १६ करोड रुपैयाँ सम्झौता भएका ४० कार्यक्रम रद्द हुने भएका छन्।  नेपालमा हेलेन केलर इन्टरन्याशनल, विनरक इन्टरन्याशनल, केयर इन्टरन्याशनल, डेभलपमेन्ट अल्टर्नेटिभ्स इन्कर्पोरेटेड (डीएआई), डेलोइट कन्सल्‍टिङ, इन्टरन्याशनल रिपब्लिकन इन्स्टिच्यूट (आईआरई), न्य...

ठगीमा संलग्न रहेका सांसदको पद जोगाउन सभामुख नै सक्रिय

Image
संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको चालू अधिवेशन चैत्र १९ गते राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालू अधिवेशन अन्त्य गरेका हुन् ।  गएको माघ २२ गतेदेखि सुरु प्रतिनिधिसभाको तेस्रो अधिवेशन ७० दिन चालु रहेर अन्त्य भएको हो।  अन्तिम दिनको अधिवेशनमा १० भन्दा बढि बैठकमा अनुपस्थित सांसदको बिदा स्वीकृत गरेर र सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको थियो । सहकारी ठगीमा संलग्न देखिएपछि फरार कांग्रेस सांसद माया राई र राप्रपा सांसद गीता बस्नेत १० दिन होइन, सदनको सिंगो अधिवेशनमै अनुपस्थित छन् । तर, उनीहरूको उनिहरुको बिदा स्वीकृत गरेर पद जोगाउन सभामुख देवराज घिमिरे नै सक्रिय  रहेका  छन् । सूचना बिना नै प्रतिनिधिसभाका हिउँदे अघिवेशनभर २७ बैठकमा अनुपस्थित फरार सांसद बस्नेतलाई ‘बिरामी’ भन्दै बिदा नै स्वीकृत गरिएको छ । त्यस्तै, राईको अधिवेशन अन्त्यको अघिल्लो दिन निवेदन परेको कांग्रेसको ...

५ वर्षमा १ लाख ७० हजार भन्दा धेरैले गरे सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता

Image
 प्रतिमा सापकोटा   चैत ३०, काठमाडौं । विवाह महिला र पुरुष बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्न दुईबिचको सहमतिमा आधारित पवित्र सामाजिक तथा कानूनी बन्धन हो । तर हाल विवाह बन्धनबाट छुटकरा पाउन र स्वतन्त्र भएर जिवन जिउनका लागि मानिसहरुले सम्बन्ध विच्छेद गर्ने गरेका छन् । जब पति पत्नी एकसाथ अगाडि बढ्नै नसक्ने अवस्था आउँछ, उनीहरुले अलग हुने निर्णय गर्छन् । वि सं २०२० मा पुरानो ऐनको ब्यबस्थालाइ परिवर्तन गरि नँया मुलुकी ऐन लागुभए पश्चात महिला र पुरुष दुबैलाई सम्बन्धबिच्छेद गर्न अनुमति दिइयो तर यसमा पनि महिलाका अधिकारहरुमा सीमितता थिए । यस बेलासम्म आइपुग्दा पनि सम्बन्धबिच्छेदको कानुनी प्रक्रिया कठिन थियो, जसले गर्दा धेरै मानिसहरू जबरजस्ती विवाह बन्धनमा बाँधिएरै बस्दथे । नेपालमा २०७५ सालमा लागू भएको नयाँ मुलुकी देवानी संहिता २०७४ ले सम्बन्ध बिच्छेदलाई थप व्यवस्थित र महिला पुरुष दुबैको हकमा समान जस्तै बनाइ दियो ।   नेपालमा पनि सम्बन्ध विच्छेदका क्रम बढेको छ । अदालतमा आउने सम्बन्धविच्छेदका मुद्दामध्ये अधिकांश मुद्दा उमेर नपुग्दै प्रेमविवाह गर्ने र २० देखि ३० वर्षको मानि...
Image
 नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयले पुष २ गते सोमबार ४९ औँ दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न गर्यो । दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना  विद्यार्थी  उपस्थित भएका कारण ‘अफिसियल वर्ल्ड रेकर्ड्स’ संस्थाले प्रमाणपत्र समेत प्रदान गरेको थियो । त्रिविमा हाल चार लाख २० हजार विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्क एकातिर सार्वजनिक भएको छ भने अर्कोतिर खस्कँदो शैक्षिक गुणस्तर, राजनीतीकरण र विभिन्न विभाग विद्यार्थीविहीन बन्दै गएको तथ्य पनि निराश ढङ्गले सार्वजनिक भइरहेकै छ ।  नेपालमा आफ्नो भविष्य सुनिश्चित नभएको भन्दै कैयौँ विद्यार्थी रोजगारीको खोजीमा बिदेसिन बाध्य छन् । यता क्याम्पसको कक्षाकोठा खाली हुँदै छन् ।  स्वदेशमा बेरोजगारी समस्याको कारणले विदेश पलायन हुन बाध्यता छन् । स्वदेशमा योग्यता, क्षमता र सिप अनुसारको जागिर पाउन गाह्रो छ । जागिर पाइहाले पनि तलब न्यून छ । दैनिक श्रम गरे बाफतको ज्यालाले श्रमिकहरुलाई बाँच्न सकस छ । विदेशमा जति दुःख गरेपनि तुलनात्मक रुपमा तलब राम्रो छ । नेपालमा जागिर गरेर घर गाडी जोड्न सम्भावना छैन । छोराछोरीलाई राम्रो स्कु...

Misinformation on social media

Image
                                                               Source: News medical Introduction Social media is one of the major achievements of the last decade. Today, we have come to mass social networks through mediums designed to quickly exchange personal messages. The most used social networks in Nepal are Facebook, YouTube, Twitter, Pinterest, Instagram,TikTok and LinkedIn respectively. Facebook and YouTube has many times more users than other networks because it is easy to use and can post unlimited things. Social media platforms make it easy for users to share information quickly and to a large audience. Due to this mainstream media have started broadcasting their content on YouTube and Facebook. In the last few years, numbers of fake news stories have increased via social media platform. After receiving conten...

सङ्ख्यात्मक रूपमा सञ्चार माध्यमहरूको वृद्धि भए पनि गुणस्तर भने खस्कँदो

Image
प्रजातन्त्रको प्राप्तिसँगै नेपालको पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको छ । प्रजातन्त्रपछि नै नेपालमा पत्रकारिता गर्न बाटो सहज भएको हो जसका कारण नेपालमा करिब ४००० अनलाइन मिडियाहरु दर्ता भएका छन् । ती दर्ता भएकाहरु मध्ये कति बन्द भइसकेका छन् त कति बन्द हुने अवस्थामा पुगिसकेका छन् । सङ्ख्यात्मक रूपमा सञ्चार माध्यमहरूको वृद्धि भए पनि गुणस्तर भने खस्कँदो छ । यति धेरै अनलाइन मिडिया भए पनि प्राय जस्तो मिडियामा आउने समाचारका प्रकृति भने एउटै हुने गरेको पाइन्छ । कसले पहिला समाचार हाल्ने भन्ने होडबाजी त पत्रकारहरुमा छ तर सन्देशमूलक, खोजमूलक र नयाँ जानकारी दिने खालको समाचार हाल्नेमा होडबाजी भने पत्रकारहरुमा छैन । नेपालमा मिडिया व्यवसाय अधिकांशको लागि कमाइ गर्ने भाँडो मात्रै भएको छ । हामीले यदि १० वटा न्युज पोर्टलहरु खोल्यौ भने एउटा नयाँ, रोचक र सन्देश मूलक समाचारहरु पढन पाउँदैनौँ । अपबादमा मात्र कुनै कुनै मिडिया हाउसले मात्र खोजमुलक सामाग्री प्रकाशन गर्दछन् । भित्रको समाचार एउटै तर हेडलाइन मात्र परिवर्तन गरिएको हुन्छ । एउटा पत्रकार हुनका लागि आफूमा के–के गुण हुन आवश्यक छ भन्ने आधारभूत क...

सबैभन्दा कम अस्पताल कर्णाली र सुदूरपश्चिम प्रदेशमा

Image
संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । नागरिकलाई स्वस्थ बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित छ । तर नेपालको शहरी क्षेत्रमा बाहेक अन्य ठाँउमा स्वास्थ्य सेवाको पहुँच सहजै रुपमा पुग्न भने सकेको छैन । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाको विपन्न नागरिक औषधि उपचार अन्तर्गत सूचिकृत अस्पतालहरुको विवरण अनुसार हाल नेपालमा जम्मा ११५ वटा अस्पतालहरु रहेका छन् जसमा सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ वटा कोशी,गण्डकी, लुम्बिनी प्रदेशमा क्रमश १५÷ १५ वटा अस्पताल रहेका छन् । त्यस्तै मधेस प्रदेशमा ८ वटा सुदूरपश्चिम प्रदेशमा ३ वटा र कर्णाली प्रदेशमा २ वटा अस्पताल रहेका छन् । सो विवरण हेर्दा सबैभन्दा बढी अस्पतालहरु ब...